Monday, 11 April 2016

वैदेशिक रोजगारीमा जानुअघि महिलाले सनाखत गर्नुपर्ने

वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका महिला शोषणमा पर्ने घटना बढिरहेका बेला श्रम तथा रोजगार मन्त्रालयले विदेश जानुअघि महिला आफैँले काममा मन्जुरी जनाउँदै सनाखत गर्नु पर्ने व्यवस्था गरेको छ ।
वैदेशिक रोजगारीमा जाने महिला श्रम स्वीकृति जारी गर्ने कार्यालयमा उपस्थित भएरै सनाखत गर्नुपर्ने व्यवस्था गरिएको आजको नागरिक दैनिकमा समाचार छ ।

वैदेशिक रोजगारीमा जाने युवतीलाई काममा दक्ष बनाएर पठाउनु पर्ने आवाज उठिरहेका बेला मन्त्रालयले सम्बन्धित काममा राजीखुसीले जान लागेको भन्दै मेनपावर, श्रम स्वीकृति जारी गर्ने वैदेशिक रोजगार विभाग र महिलाबीच त्रिपक्षीय सनाखत अनिवार्य गरेको हो ।

विभागको काठमाडौं कार्यालयका निर्देशक कृष्णप्रसाद दवाडीका अनुसार क्लिनरको काम भेर श्रम स्वीकृति निकालेका महिलाले घरेलु कामदारको रुपमा काम गरेको पाइएपछि श्रम तथा रोजगार मन्त्रीको निर्देशनमा सनाखत अनिवार्य गरिएको हो ।
हाललाई अदक्ष र अर्धदक्ष कामा गर्न वैदेशिक रोजगारीमा जाने महिलाका लागि सनाखत अनिवार्य गरिएको छ ।

अदक्ष र अर्ध दक्ष काममा लगएका महिलाहरु जानीबुझीकन घरेलु कामदार बन्न पुगेको खण्डमा त्यसको जिम्मेवारी महिला नै हुने बताइएको छ ।news24nepaltv

No comments:

Post a Comment