रौतहट, १८ बैशाख । छिमेकीको घरमा आएको विहेको जन्ती हेर्न हजुर आमासँग गएका बेला हराएका बालकको गाउँ नजिकैको पोखरीमा शव फेला परेको छ। रौतहटको मौलापुर ६ का सियाराम ठाकुरको ५ वर्षीय छोरा ललन ठाकुरको पोखरीमा शव फेला परेको हो। हजुर आमासँग गाउँमै छिमेकीको घरमा आएको विहेको जन्ती हेर्न गएको बेला उनि हराएका थिए।
प्रहरीले हराएका बालकलाई खोजतलास गर्दै जाँदा बिहीबार राति गाउँछेउकै पोखरीमा मृत अवस्थामा शव फेला पारेको जानकारी दिएको छ । ठाकुरको शव प्रहरीले पोखरीबाट बाहिर निकाल्ने क्रममा उनको टाउकोमा गहिरो चोट देखिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले हराएका बालकलाई कसैले पछाडीबाट हिर्काएर पोखरीमा फालेको हुनसक्ने देखाएको छ।इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक केशव रेग्मीले उक्त घटना संकास्पद भएकाले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको जनाएका छन् । घटनाको विषयमा गहनरुपमा अनुसन्धान भइरहेको निरीक्षक रेग्मीले जानकारी दिए ।
Friday, 29 April 2016
हराएका बालकको गाउँ नजिकैको पोखरीमा शव फेला
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment