Friday, 29 April 2016

तपाई पनि बाथरुम भित्र मोबाइल प्रयोग गर्नुहुन्छ ? त्यसो भए यो खबर तपाईका लागी हो

काठमाडौँ । आजको समय मोवाइलको युग हो । जसलाई नर्कान सकिन्न । दिनानुदिन विज्ञान र प्रविधिले झयाम्मै गाँजेको युगमा युवाहरु मोवाइल बिना बाँच्नै नसक्ने समय आइसकेको छ । अरु त अरु ट्वाइलेट बस्दा समेत धेरैजसो मोवाइल छाड्न नसकेको कुरा सर्वव्यापी नै छ ।

तर मोवाइल बोकेर बाथरुम जाँदा बिरामीलाई निम्त्याउनु हो भन्ने कमैलाई मात्र थाहा छ । थाहा पाउनुहोस मोवाइल बोकेर बाथरुममा जाँदाका बेफाइदाहरु के के छन् त ?
बाथरुम होस वा ट्वाइलेट जति सफा गरेपनि त्यहाँ हानिकारक किटाणु हुन्छन् नै र मोवाइलबाट संक्रमण हुन सक्छ ।

बाथरूममा तपाईले जुन जुन सामान लैजानुहुन्छ ति बस्तुहरुमा बाथरुमबाट किटाणु सर्छन् । भलै तपाईले हात धोए पनि तपाईले साथमा नै लगेको मोवाइल धुन नमिल्ने हुँदा यो हानिकारक हुन्छ ।

तपाईले जतिसक्दो छिटो मोवाइललाई बाथरुममा लैजानबाट रोक्न सकेको खण्डमा तपाई विभिन्न रोगहरुबाट बच्न सक्नुहुनेछ नत्र तपाई पनि रोगको शिकार बन्नुहुनेछ ।

पछिल्लो समय पत्रिकाको स्थान मोवाइलले लिएकाले पनि पत्र पत्रिका पढ्नका लागी मोवाइल वा ट्याबको प्रयोग बढ्दो छ । जसबाट रोग त निम्तिन्छ नै त्यसका अलावा मोवाइल नै बाथरुममा खस्ने खतरा पनि उत्तिकै हुन्छ ।

No comments:

Post a Comment