Sunday, 17 April 2016

विन्ध्यवासिनी भगवतीको मूर्ति स्थापित

काठमाडौँ, वसन्त नवरात्रको अवसरमा कामपा–४ धूम्रबाराहीस्थित प्रगतिटोलमा विन्ध्यवासिनी भगवतीको मूर्ति स्थापना गरी प्राणप्रतिष्ठा गरिएको छ ।
गत चैत २९ गतेदेखि आयोजित सप्ताहव्यापी धार्मिक अनुष्ठानअन्तर्गत छैटौँ दिन आज देवीको मूर्ति स्थापना गरिएको विन्ध्यवासिनी मन्दिर क्षेत्र संरक्षण समितिले जनाएको छ । अनुष्ठानको नेतृत्व वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख डा देवमणि भट्टराईले गर्नुभएको समिति सदस्य डा खिलानाथ बस्ताकोटीले जानकारी दिनुभयो । - News24Nepal.com

No comments:

Post a Comment