Sunday, 17 April 2016

किन चिलाउँछ हत्केला, पैसा आउने भएर हो ?

हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो । यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो । त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ । हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ ।

हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन । हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो वा रोगको संकेत हो ।

छालाको कोषहरु तीब्र बृद्धि भएमा र छालाको सतहमा जम्मा भए पनि हत्केला चिलाउँछ । कहिल्यकाहिँ आफै छाला कन्याउँदा पनि यस्तो समस्या उत्पन्न हुन्छ ।

झिंगाको संक्रममणले पनि यस्तो समस्या ल्याउँछ । झिंगा हत्केलाको माथिल्लो सतहमा बस्दा यो समस्या आउँछ । बढी भिडभाड भएको ठाँउमा झिंगाको संक्रमण हुने गर्छ । विशेष गरी बालबालिका र बृद्धबृद्धा यस्तो संक्रमणबाट प्रभावित हुन्छन् ।
मधुमेह र छालाको समस्या पनि एक अर्कासँग सम्बन्धित हुन्छन् । तसर्थ अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि संकेत हो ।

No comments:

Post a Comment