मंगलबार, ३० चैत
काठमाडौ । खोटाङको सदरमुकाम दिक्तेलबाट ४२ जना यात्रु लिएर काठमाडौं आउँदै गरेको बस आज बिहान बर्खेटारको भिरमा दुर्घटना हुँदा ज्यान गुमाउनेकोे संख्या २२ पुगेको छ ।
जसमा १५ जना पुरुषको ज्यान गएको छ भने ७ जना महिला रहेका छन ।
बा २ ख ६३७६ नम्बरको बस मंगलबार बिहान करिब साढे आठ बजे बर्खेटारको भिरबाट करिब २०० मिटर तल खसेको थियो ,
दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको छैन । घाइतेहरुलाई स्थानिय स्वस्थ्य चौकीमा उपचारपछि थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
दुर्घटनामा परेर घाइतहरु भएका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो ।
nepalsandesh
No comments:
Post a Comment