Tuesday, 12 April 2016

भारतमा जब हावाले बेलायती राजकुमारीको फ्राक उडायो… (फोटो फिचर)

एजेन्सी । बेलायतका राजकुमार विलियम र राजकुमारी केट अहिले भारत भ्रमणमा छन् ।

भ्रमणको पहिलो दिनमै दुबैले मुम्बई घटनामा मारिएकाहरुप्रति इण्डिया गेटमा गएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । त्यसक्रममा राजकुमारी केट मिडलटनलाई हावाले दुःख दिनुसम्म दियो ।

उनलाई आफ्नो करिब २ लाख रुपैयाँ (१७०० पाउण्ड)को ड्रेसलाई सम्हाल्न हम्मे हम्मे परेको थियो ।
सोमबार ब्रिटिश शाही दम्पत्तिको भारत यात्रा महत्वपूर्ण थियो । उनीहरु त्यही दिन मुम्बईबाट दिल्ली पुगेका थिए ।

तर, दिनमा तीव्र गतिमा चलिरहेको हावाका कारण केटलाई आफ्नो कपाल र आकर्षक ड्रेस (पहिरन) सम्हाल्न आपतै आइपरेको थियो ।

यसक्रममा केट अमेरिकी अभिनेत्री मर्लिन मुनरोको एक बहुचर्चित ‘ब्हाइट ड्रेस पोज’ जस्तै देखिएकी थिइन् । समाचार अनुसार मुनरो पनि त्यो तस्वीरमा हावाको वेगले उडाएको आफ्नो पहिरन सम्हाल्दै गरेको देखिएको थियो

No comments:

Post a Comment