Friday, 15 April 2016

९ दिनसम्म बिना अक्सिजन भूसमाधिपछि गुरु निस्के जिवितै, सबै परे दंग, रामघाट क्षेत्रमा हजारौंको भीड

पोखरा, ३ बैशाख -भनिन्छ, मानिस बिना अक्सिजन ३ मिनेटपछि प्राण त्याग्छ । तर चिकित्सा विज्ञानलाई चुनौती दिँदै एक गुरु पोखरामा ९ दिनसम्मको भूसमाधिपछि जीवित निस्किएका छन् ।

सुनसरीका ४५ वर्षे सिद्धबाबा श्रीवैष्णव कृष्णदास जी महाराज श्रीरामानन्दाचार्य पर्यटकीय नगरी पोखरामा बिना अक्सिजन गत चैत २६ गतेदेखि पोखराको रामघाटस्थित जगतगुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा कार्यालयमा ९ दिसम्म समाधिमा बसेका हुन् । उक्त दिन साँझ साढे ६ बजेदेखि समाधिमा बसेका उनी आज रामनवमीको दिन बिहान साढे १० मा सबैलाई आश्चर्य पार्दै जिवितै बाहिर निस्केका छन् । रामघाट क्षेत्रमा यतिखेर हजारौं श्रद्धालु भक्तको भीड लागेको छ ।

चिकित्सकको सामान्य चेकजाँचपछि उनी विस्तारै होसमा आए । सहयोगीले उनी सुतेको स्थानबाट उठाए । दही खाए, केहीबेर पनि पानी पिए । शंख फुके । उनले शरीर पुछियो । ब्रस्त फेरिसकेपछि उनी अनुयायीलाई दर्शन दिन बाहिर आए । त्यसपछि पनि उनले जोडले शंख फुके ।

उनको यो समाधिले यतिखेर चिकित्सकहरु दंग छन् । उनीहरुले चिकित्सा विज्ञानलाई गुरुको भूसमाधिले चुनौती दिएको बताएका छन् ।
भगवानको साक्षात रुप मानी शंख ध्वनी र तालीले उनको अद्भूत कार्यको प्रशंसा गरिएको छ । दिउँसो उनले प्रचवन दिने कार्यक्रम छ । राष्ट्र र मानवकल्याणका लागि आफू यसरी पहिलो पटक पोखरामा समाधिमा बसेको बताएका छन् ।

समाधिको लागि ५ फिट लम्बाई र ३ फिट चौडाईको काठको बाकस तयार पारिएको थियो । जसमा अक्सिजन नछिरोस् भन्नका लागि माटो सहित बाहिरबाट प्लाष्टिक, सेतो कपडा, कम्मलले बेरिएको छ भने बाकसलाई ४ वटा साँचो लगाइएको थियो । बाकसको माथिल्लो भागमा बालुवा माटोले पुरिएको थियो । त्यसमाथि जमरा लगाइएको थियो । उनी समाधिमा बसेको स्थानमा पुग्न पनि ३ कोठाको चाबी खोलेर पुग्नुपथ्र्यो ।

कसैले चाबी खोल्न नसकोस् भन्नका लागि लाहाछाप लगाएर चाबी सुरक्षित राखिएको थियो । सेतो कपडा बेरेका उनले निधारमा त्रिशुल आकारको चन्दन लगाएका छन् ।

अद्भूत क्षमता भएका गुरुले यसअघि हरेक वर्ष चैते दशै तथा बडा दसैंमा विशेष समाधि साधनामा रहने गर्दैआएका छन् । पहिलो पटक उनी २०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भूसमाधि बसेका थिए ।

भारतका विभिन्न स्थानमा लामो समय तपस्या र ध्यान बसी उनले निर्वाण प्राप्त गरेको जगत्गुरु श्री रामानन्दाचार्य सेवापीठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले जानकारी दिए ।

पोखरा कार्यक्रमको संयोजन नरनारायण बाबा आश्रम पश्चिमाञ्चल शाखा परिवार, जगतगुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा शाखा परिवार र नारायणस्थान धार्मिक क्षेत्र विकास समिति नारायणस्थान पोखराले संयुक्त रुपमा गरेका हुन् । गुरुको ‘भित्र पसेर हेर, माथि उठेर सोच’ भन्ने दिव्य आह्वान छ ।- DCnepal

No comments:

Post a Comment