काठमाडौं, ३ वैशाख । पूर्व सभासद शान्ता चौधरीले बुढेसकालमा फस्र्ट डिभिजनमा कक्षा ८ उत्र्तीण गरेर रेकर्ड नै तोडेकी छन् ।
युवाहरु भन्दा बुढेसकालमा अधिकाश मानिसहरु पढ्न नै नसक्ने र पढेपछि राम्रो अंक ल्याएर उत्तीर्ण हुन नसकिरहेका बेला शान्ताले भने बुढेसकालमै पढेर राम्रो अंक ल्याउन सफल भएकी हुन् ।
सभासद भैसकेपछि अक्षर चिनेकी पूर्व कमलरी समेत रहेकी शान्ताले आफू कक्षा आठमा प्रथम श्रेणीमा उत्तीर्ण हुनु जीवनमा मन्त्री बनेभन्दा ठूलो उपलब्धि भएको बताइन् ।
सभासदको जिम्मेवारीबाट मुक्त भएपछि औपचारिक शिक्षाको आरम्भ सुरु गरेकी शान्ताले निम्नमाध्यमिक स्तरको शिक्षा २०७२ सालमा पुरा गर्न सफल भएकी हुन् ।
उत्तीर्ण भएपछि शान्ताले सामाजिक सञ्जाल फेसबुकबाट खुसी साट्दै आफूलाई अध्ययनको प्रेरणा दिने सबैप्रति आभार व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन, ‘म पास हुँदा मेरा छाछोराछोरीको खुसीको सीमा छैन । उनीहरु असाध्यै खुसी छन् । स्कूलका आदरणीय गुरुहरुले म पास भए पनि यति अङक आउला भन्ने सोच्नुभएको थिएन रे । आदरणीय गुरुहरुप्रति आभारी छु । गुरुहरुले मलाई ज्ञान दिएर लगाउनुभएको गुणका लागि कृतज्ञता ज्ञापन गर्ने म सँग शब्द नै छैन ।’
उनले अगाडि लेखेकी छिन्– ‘मानिसहरु मन्त्री बन्नु ठूलो सफलता र खुसीको कुरा हाो भन्छन् तर आठ कक्षा पास गर्नु मेरा लागि मन्त्री बन्नुभन्दा ठूलो सफलता हो । मलाई ध्यान दिएर पढ्न मिडियाले पनि बाध्य बनायो । म स्कूल जान थालेको समाचार मिडियामा आओस् भन्ने चाहन्थे आयो । मिडियामा लगातार समाचार आयो । यो कारण पनि म पढाइमा ध्यान दिन बाध्य भएँ । यसका लगि सञ्चारकर्मीहरुलाई धन्यवाद ।’
पहिलो संविधानसभाको निर्वाचनपछि नेकपा एमालेबाट समानुपातिक सभासद बनेकी शान्ताले आफ्नो सफलताको श्रेय आफू एक्लैले नलिई पढ्नका लागि उत्साहित गर्ने सबैलाई दिएकी छिन् ।
उनको यो नतिजाले अन्यलाई पनि बुढेसकालमा पढ्नका लागि प्रेरित गर्ने विश्वास लिइएको छ ।
हेर्नुस् फेसबुकमा शान्ताको खुसीः
Friday, 15 April 2016
बुढेसकालमा शान्ता चौधरीले यो काम गरेर रेकर्ड नै तोडिन्, मन्त्री बनेभन्दा बढी खुसी
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment