Thursday, 28 April 2016

होशियार ! चामलबाट बनेका कुनै पनि खाना बच्चालाई खुवाउनु हानिकारक छ

एजेन्सी । तपाई हाम्रो मात्रै होइन साना साना नानीहरुको पनि पहिलो रोजाईको खाना हुन्छ भात । भात हरेक बच्चालाई पहिला खानाको रुपमा खुवाउने गरिन्छ । यो मानेर कि भात पौष्टिकदार र भोक मेट्ने मुख्य भोजन हो भनेर । तर हालैको एक अध्ययनले तपाई हाम्रो सोचलाई गलत साबित गरिँदिएको छ ।

उक्त अध्ययनले बच्चालाई भात खुवाउदा पिसाबमा आरसेनिकको मात्रा बढ्दै जाने र बच्चालाई विभिन्न रोगहरको संक्रमण हुन सक्ने निष्कर्ष निकालेको छ । पिसाबमा आरसेनिक बढ्नाले बच्चाकोे शक्ति हस हुनगई बच्चा कमजोर हुन पुग्छन् । जसले गर्दा बच्चा छिटो छिटो बिरामी हुन्छ र दिमागको बिकासमा समेच असर पर्दछ ।

सन् २०१५ मा बच्चालाई पेटभरी भात ख्वाएपछि पिसाबको नमुना लिँदा अत्यधिक आर्सेनिक देखिएको थियो । अर्को पटक अन्य बच्चाका लागी बनाइएका आहारा खुवाएर पिसाबको नमुना परिक्षण गर्दा कुनै समस्या देखिएको थिएन ।medianp.tv

No comments:

Post a Comment