Sunday, 10 April 2016

१८ वर्षीयले रोकिदिए बार्सिलोनाको उपाधि यात्रा

काठमाडौंः यो सिजनको ला लिगाको उपाधि होडमा अगाडि रहेको स्पेनिस क्लब बार्सिलोनाले रियल सोसिडसँग अप्रत्यासित हार ब्यहोरेको छ ।
४० खेलसम्मको अपराजित यात्रालाई पूर्णविराम लगाउँदै रियल मड्रिडले यसअघि २–१ ले पराजित गरेको बार्सिलोना फेरि सोसिडले हरायो ।

स्पेनिस ला लिगाको उपाधि होडलाई खुल्ला गर्ने क्रममा सोसिडका लागि १८ वर्षीय खेलाडी मिकेल ओयार्जबलले खेलको पाँचौं मिनेटमै गोल गरे ।

रियल मड्रिड र एट्लेटिको मड्रिडविरुद्ध गोल गर्न असफल रहेका बार्सिलोनाका लियोनेल मेसी र नेमार हिजो पनि असफल रहे । एट्लेटिकोविरुद्ध २ गोल गरेका लुईस स्वारेज पनि सोसिडविरुद्ध असफल रहे ।
रियल मड्रिडले इबरलाई ४–० ले पराजित गरेकै दिन बार्सिलोना पराजित भएपछि ला लिगाको उपाधि होड पनि खुला भएको छ ।

३२ औं चरणको खेल सकिएको अवस्थामा बार्सिलोना ७६ अंकसहित लिगको शीर्षस्थानमा छ । यस्तोमा एट्लेटिको मड्रिडले ३२ खेलबाटै ७३ अंक जोड्न सफल भएको छ ।
रियल मड्रिडले भने ३२ खेलबाटै ७२ अंक जोडेको छ । ला लिगामा अब ६ चरणको खेल हुन बाँकी छ । यस्तो अवस्थामा बार्सिलोनाको उपाधि यात्रामा रियल र एट्लेटिकोले चुनौती दिने भएका छन् ।

No comments:

Post a Comment