Sunday, 10 April 2016

विदेशजाँदा रोमिङको बिकल्पमा टेलिकमले ल्यायो निशुल्क कल गर्न सकिने एनटिप्रो

नेपाल टेलिकमले विदेशमा जाँदा रोमिङ सुविधा नलिइकन नै नेपालमा कल गर्ने सुविधा ल्याएको छ ।
यो सुविधान प्रयोग गर्नका लागि गुगल प्लेस्टोर वा एप्पल स्टोरमा गएर एटटिप्रो एप्स डाउनलोड गर्नु पर्ने छ ।

एप्स डाउनलोड गरेपछि मोबाइलको म्यासेजबक्समा ntpro टाईप गरी १४२८ मा एसएमएस गरेपछि प्राप्त युजर नेम र पासवर्ड प्रयोग गरी यो सेवा उपयोग गर्न सकिन्छ ।

एनटीप्रो प्रयोग गरेपछि नेपाल वा विदेशबाट रोमिङ सेवा प्रयोग नै नगरी वाइफाई तथा अरु इन्टरनेट कनेक्सन भएको ठाउँबाट विश्वभर फोन गर्न र कल रिसिभ गर्न सकिने टेलिकमले जनाएको छ ।

यो सुविधा वापत कर बाहेक मासिक १ सय रुपैयाँ शुल्क लाग्ने छ । नेपाल टेलिकमको नेटवर्कका फोनमा कल गर्दा र टेलिकमको नेटवर्कबाट आएका कल रिसिभ गर्दा मिनेटको ६ रुपैयाँ लाग्ने छ ।

एनटिप्रोबाट अन्तर्राष्ट्रिय कल गर्दा भने अहिलेको अन्तर्राष्ट्रिय महशुल भन्दा ६ रुपैयाँ बढी लाग्ने छ । तर एनटिप्रोबाट एनटिप्रोमा नै भने निशुल्क कल गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

No comments:

Post a Comment