चितवन, ५ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको टिकौलीमा ट्रकले यात्रुबाहक बसलाई ठक्कर दिँदा बसमा सवार १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढतर्फ आउँदै गरेको ना४ख १४३६ नंको ट्रकलाई सोही दिसाबाट आउँदै गरेको ना४ख ७५७४ नंको ट्रकले पछाडिबाट ठक्कर दिँदा अघिल्लो ट्रकले काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको ना५ख २८०७ नंको बसलाई ठक्कर दिन पुगेको थियो ।
दुर्घटनामा परी बसका चालक, सहचालक र यात्रु गरी १६ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये तीनजनाको भरतपुर अस्पताल र १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रकमा च्यापिएका दुईजनाको क्रेनको मद्दतले उद्धार गरिएको बताइएको छ ।
No comments:
Post a Comment