Sunday, 17 April 2016

विमानमा यात्रा गर्दा मोबाइल स्विच अफ गर्न लगाइने कारण

हवाईजहाजमा यात्रा गर्दा टेकअफ र ल्यान्डिङको बेलामा फोन अफ गर्न लगाइन्छ। जहाज ल्यान्डिङको बेलामा फोन प्रयोग गर्नाले विमान दुर्घटना हुन्छ भन्ने कि भन्ने अनुमान धेरैले गर्छन्।
वास्तवमा मोबाइल प्रयोग गर्दैमा विमान दुर्घटना हुने होइन। तर विमान चालक र यात्रुका लागि यो प्राणघातक बन्न पनि सक्छ।


फोन अन गर्दा विमानको कनेक्सनमा गडबडी आउँछ जसका कारण पाइलटलाई विमान सञ्चालनमा अप्ठ्यारो हुन्छ। स्पिकरको नजिक फोन बज्ना साथ त्यसको आवाज सिधा पाइलटको हेडसेटमा पनि सुनिन थाल्छ।

तर यस्तो सँधै हुने होइन, यसको सम्भावना भने निकै कम हुन्छ। ५० वटा फ्लाइटमा एक या दुईपटक पाइलटले यस्तो आवाज सुन्ने गर्छन्। आवाज नै कम सुनिने हो कि सबैले आफ्नो मोबाइल स्विच अफ गरेका कारण यस्ता समस्याहरु कम हुने गरेका छन् भन्ने कुरा स्पष्ट छैन।

कहिलेकाहीँ सञ्चार सम्बन्धी धेरै समस्याहरु पनि आउने गर्छन्। ‘द मेल’मा छापिएको एक समाचार अनुसार एउटा व्यक्तिको फोनका कारण विमान र ट्राफिक कन्ट्रोलको रेडियो कलमा निकै समस्या देखापरेको थियो जसका कारण त्यो विमानमा सवार यात्रु र अर्को विमानका यात्रुलाई जोखिम श्रृजना भएको थियो।

सामान्यतया फ्लाइट मोड अन गर्नाले कुनै समस्या आउँदैन। विकसित मुलुकमा केही एयरलाइन्सले आफ्नो यात्रुहरुको लागि छुट्टै फोन नेटवर्क प्रयोग गर्न दिने गरेका छन्। यात्रुहरु स्पेशल करियर्ससँग जोडिन्छन् र एयरलायन्सले एसएमएस र फोन गरेबापत अतिरिक्त शुल्क पनि लिन्छन्।

No comments:

Post a Comment