सुनसरी: सुनसरीको भोक्राहा गाविसमा-९ मा शनिबार दिउँसो भएको भीषण आगलागीबाट सिंगो बस्ती नै सखाप भएको छ।
दिउँसोबाट चलेको हावाहुरीपछि फैलिएको आगोले भोक्राहा गाविसका ४५ घर नष्ट भएको घटनास्थलमा खटिएका प्रहरी हवल्दार सञ्जीव अअधिकारीले बताए।
उनका अनुसार स्थानीय फर्मुल्लाह मन्सुरको घरबाट सुरु भएको आगलागीले बस्ती नै सखाप भएको छ।
‘दिउँसोदेखि हावाहुरी चल्न शुरु भएपछि फैलिएको आगोले मानिसहरु काममा गएका बेला बस्तीका सबै घर जलेर नष्ट भएक छने’, उनले भने ।
उनले आगलागी अझै नियन्त्रणमा आउन नसकेको बताए। आगलागी नियन्त्रण गर्न विराटनगर, धरान र इटहरीबाट बारुण यन्त्र मगाइएको छ।
अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।annapurnapost
Saturday, 9 April 2016
आगलागीबाट सिंगो बस्ती नै सखाप
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment