Tuesday, 12 April 2016

आगलागीमा परी बालकको मृत्यु

सुनसरीको गौतमपुर १ मा भिषण आगलागी भएको छ । आगलागीमा परी मावली आएका इटहरीका एक बालकको मृत्यु भएको छ ।

चन्दन साहाका ७ वर्षिय छोरा बलराम साहाको आगोमा परि मृत्यु भएको हो । गौतमपुर चोरहारा टोलमा रहेको जोगन्द्र साहाको भान्साघरबाट शुरु भएको आगोले छिमेकी गोविन्दसाहको घर समेत जलेको थियो ।

आगोले उनीहरुको दुई घर, परालको टालि र ग्वाली जलेर खरानी भएका छन् । गोविन्द शाहको घरमा सुतिरहेको अवस्थामा अकस्मात आगो फैलिँदा घरले च्यापेर गोविन्दका ७ बर्षिय नाती बलरामको ज्यान गएको हो ।

आगलागीमा परि दुई घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् भने आगो नियन्त्रणमा आएको छ ।
घटनास्थल सुनसरी सदरमुकाम इनरुवाबाट केहि नजिक भए पनि सदरमुकाममा रहेको एक मात्र दमकल विग्रीएका कारण आगो नियन्त्रण गर्न इटहरीको दमकल पुगेको थियो ।

तर बाटो साँघुरो भएकै कारण दमकल आगो लागेको वस्तीमा पुग्न नसके पछि निकै परबाट पानी फ्याँक्ने काम गरेको थियो ।
केही दिन अघि सुनसरीको भोक्राहमा पनि आगलागीमा परि २१ परिवारको ५६ घर जलेर नष्ट भएको थियो । News24 nepal

No comments:

Post a Comment