Monday, 11 April 2016

ओनसरीलाई सोझी भनेर धेरै पेले पछि उनले पनि देखाइन् यस्तो पावर

काठमाडौं, ३० चैत । सभामुख ओनसरी घर्तीले आइतबार बसेको संवैधानिक परिषद् बैठकको निर्णयको वैधानकिता र प्रक्रियामाथि प्रश्न उठाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति विवादको भुमरीमा फसेको छ । उनले परिषद्का बैठक अमानवीय भन्दै उपस्थित र अरु सदस्यहरुले लिएको निर्णय आफूले स्वीकार नगर्ने बताइन् ।

आफू बिरामी भई अस्पतालमा भर्ती भएको र बैठक नगर्न गरेको गरेको आग्रहलाई अस्वीकार गर्दै निर्णय गरिएकोप्रति टिप्पणी गर्दै उनले भनिन् , ‘ शुसीला कार्कीप्रति मेरो कुनै आपत्ति छैन, तर अमानवीय र असंवैधानिक तरिकाले भएको निर्णयलाई म स्वीकार गर्न सक्दिनँ ।

सभामुख घर्तीको अडानले एकातिर प्रधानमन्त्री केपी ओलीलाई असहज विवादमा धकेलेको छ भने अर्कोतिर प्रधानन्यायाधीश नियुक्तिलाई लिएर सरकार र व्यवस्थापिकाबीच द्वन्द्वले सार्वजनक रुप लिएको छ । सभामुख घर्तीले परिषद्को निर्णयमा हस्ताक्षर नगरेमा कोरम नै नपुग्ने अवस्था छ । अन्नपूर्ण पोस्टबाट

No comments:

Post a Comment