काठमाडौं, ३० चैत । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अब हुने मधेस आन्दोलनले समग्र मुलुकको साथ पाउने र शासकलाई झुकाएर मात्र विश्राम लिने ठोकुवा गरेका छन् ।
पार्टीका दुई नम्बर राज्यको दोस्रो बैठकका सहभागीहरुलाई सम्बोधन गर्दै सोमबार जनकपुरमा उनले अधुरो संविधान पूरा गर्न अबको आन्दोलन काठमाडौं केन्द्रित हुने बताए ।
मधेस केन्द्रित दलका नेताको सत्ता आकर्षण र पदलोलुपत्ताको कारण पछिल्लो आन्दोलन तुहिएकाले मधेसीलाई अधिकार सम्पन्न बनाउन अब हुने आन्दोलनमा तराईदेखि हिमालसम्मका शोषित पीडित जनता सहभागी हुनेछन् । त्यो आन्दोलनले सत्तापक्षलाई घुँडा टेकाएर विश्राम लिने उनको भनाई थियो । नागरिक दैनिकमा खबर छ ।
No comments:
Post a Comment