Monday, 18 April 2016

सरकार र मधेस आन्दोलनबारे ज्योतिषको डरलाग्दो संकेत, देशमा उथलपुथल हुने

ज्योतिष डा. सुनील सिटौला
आज(मंगलबार) साँझ ९ बजेर ६ मिनेटमा सायन सुर्य वृष राशीमा प्रवेश गर्दैछ, काठमाडौंको आकाशबाट ।
उक्त समयमा धनु लग्नको वृष नवमाम्स उदाइरहेको हुन्छ । लग्नमा शनि एवं मंगलको युती र केन्द्रमा गुरु चन्डाल योग परेको छ । जसलाई ज्योतिष शास्त्रले शुभ फलदायक मान्दैन । यस्तो स्थितिमा जन सर्वसाधारणमा भय उत्पन्न हुने हुन्छ ।

ज्योतिष सिटौला
देशमा हिंसात्मक झगडा एवम अपराधिक घटना बढ्न जाने हुन्छ । त्यस्तै जेठ ७ गते सुर्य मिथुन राशीमा प्रवेश गर्दा पनि धनु लग्न नै उदाउने र केन्द्र पुरै पाप ग्रहले भरिने ग्रह गणितमा आउँछ ।

यसको पनि सकारात्मक फल छैन । यो समयमा शेयर बजारमा पनि गिरावट आउन सक्छ । आर्थिक गतिबिधि ठप्प हुन सक्छ । तैपनी शुक्र बुधको शुभ युतीले परराष्ट्रिय व्यापार एवं अनुदानले केही सन्तोष दिने देखिन्छ ।

विशेष गरेर जबसम्म सुर्य असार ७ गते कर्कट राशीमा प्रवेश गर्दैन तब सम्म सुखद लक्षण देखिदैन नेपाल एवं विश्व जगतको लागि । विशेष गरेर नेपालको स्थिती अली बढी सम्वेदनशिल हुन पुग्ने सम्भावना छ ।

जस्तोकी शनि मंगलको अशुभ युती गुरु चन्डाल र सर्प योगले गर्दा सरकार प्रमुखलाई अनिष्ट, हिंसात्मक झगडा एवम अपराधिक घटना बढ्न जानेदेखी तराई समस्याले फेरि उग्र रुप लिने सम्म देखिन्छ ।
dainiknepal

No comments:

Post a Comment