Monday, 18 April 2016

इक्वेडरको भन्दा ठूलो भूकम्प भारतमा आउन सक्छ- विज्ञ

७ बैशाख, एजेन्सी ।
इक्वेडरमा गत साता गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि एसियाली देशमा निरन्तर भूकम्प भैरहेको छ । एसियाली देशको भूगोलमा भूकम्पीय शक्ति सञ्चित रहेको र इक्वेडरको भन्दा शक्तिशाली भूकम्प हुन सक्ने बैज्ञानिकहरुलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले जनाएको छ ।

इण्डियन र चाइनिज प्लेटको टकरावले यस्तो खतरा बढेको उनीहरुको भनाइ छ । इण्डियन प्लेट चाइनिज प्लेटको तलपट्टी प्रवेश गरिरहेको समेत विज्ञहरुले बताएका छन् ।
यहाँ सञ्चित शक्ति बाहिर निस्किँदा कम्तिमा ८ रेक्टर स्केल र त्यो भन्दा पनि ठूलो भूकम्प हुन सक्ने उनीहरुको भनाइ छ । यो भूकम्पको समय निश्चित भन्न नसकिएपनि निकट भविष्यमा समेत यसको खतरा रहेको समाचारमा उल्लेख छ ।

गत वर्ष नेपालमा गएको भन्दा ठूला ४ भूकम्प जान सक्छन्- बेलायती पत्रिका
गत साता मात्र एक बेलायती राष्ट्रिय दैनिकले जापान लगायतका एसियाली देशमा लगातार गैरहेको भूकम्पपछि गत वर्ष नेपालमा गएको ७ दशमलव ९ रेक्टर स्केलको भन्दा पनि बढी ८ दशमव १ रेक्टर स्केल सम्मको भूकम्प जाने खतरा बढेको हेडलाइन समाचार प्रकाशित गरेको थियो ।

केही दिन यता एसियाली क्षेत्रहरुमा निरन्तर गैरहेको ठूला भूकम्पका झट्काले अझै शक्तिशाली भूकम्पको सम्भावना बढाएको बेलायतको चर्चित सण्डे एक्सप्रेस नामक पत्रिकाले बैज्ञानिकलाई उद्धृत गर्दै लेखेको छ ।

अमेरिकाको कोलोराडो विश्वविद्यालयका भूगर्भशास्त्री रोगर बिल्हामले उक्त पत्रिका सँग भनेका छन्, “अहिलेको अवस्थाले ८ रेक्टर स्केल माथिका ४ वटा भूकम्प पैदा गर्न सक्छ” उनी अगाडी थप्छन्, “र यदि यो शक्ति सञ्चित शताब्दियौं सम्म सञ्चित भएमा अझै ठूलो भयानक भूकम्प जान पनि सक्छnepaliheadlines.” ।

No comments:

Post a Comment