बझाङः जिल्लाको मोरीबगरबाट चैनपुर आउँदै गरेको जीपबाट खस्दा एक बालिकाको मृत्यु भएको छ ।
मालुमेलाबाट तमैल जान चढेकी जयपृथ्वी नगरपालीका सुतुया घर भएकी १३ वर्षीय राजुकुमारी गिरीको जीपबाट खसेर तमैलमा मृत्यु भएको हो ।
गाडीको पछाडी बसेकी राजकुमारीले ‘तमैले झर्ने हुँ रोकरोक’ भन्दै कराए पनि जीप चालकले तीब्रगतिमा गुडाएपछि उनले तमैले बजार नजिकै उकालोमा हामफालेको स्थानीय लक्ष्मण रोकायाले बताए ।
तीब्रगतिको जीपबाट हाम फालेकी बालिकाको टाउकोमा गम्भीर चोट लागेपछि घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।
चालक धनबहादुर बोहराले बालिकाको आवाजको बेवास्ता गर्दा घटना भएको प्रहरी नायव निरीक्षक लक्ष्मीराज अधिकारीले बताए । ‘गाडीसहित चालकलाई नियन्त्रणमा लिएका छौँ’, उनले भने, ‘थप अनुसन्धान भइरहेको
छ ।’
चौधारी घर भएका डम्मर सार्कीले भर्खरै खरिद गरेको यो जीपमा दर्ता पनि गरिएको छैन । नम्बर प्लेट नहाली गुडाइएकाले गाडी धनी र चालकमाथि कडा कारबाही गरिने प्रहरीको भनाइ छ ।
मृतकका परिवार र स्थानीयले चालकलाई कारबाही क्षतिपूर्ति नदिएसम्म शव नउठाउने अडानसहित जयपृथ्वी राजमार्ग अवरुद्ध पारेका छन् ।अन्नपूर्ण पोस्ट बात
Monday, 11 April 2016
गुडिरहेको जीपबाट बालिकाले हामफाल्दा
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment