काठमाडौं: वैशाख १२ को भूकम्पले नेपालमा करिब ८ हजार मानिसको ज्यान लिएजस्तै सन् १९९६ मा पनि भूकम्पले जापानको कोबे सहर तहसनहस बनाएको थियो ।
७ जनवरी १९९५ मा जापानसहित पुरै विश्वलाई स्तब्ध बनाउने गरि आएको ६.९ म्याग्निच्यूडको भूकम्पले कोबे सहर तहसनहस भएको थियो ।
६.९ म्याग्निच्यूडको यो भूकम्प जमिनको सतहभन्दा केबल १७ किलोमिटर भित्र आएको थियो । नेपालमा गोरखा केन्द्रबिन्दु बनाएर आएको भूकम्प पनि जमिनको सतहबाट करिब ८ किलोमिटर मात्र भित्र थियो ।
दुनियाँकै सबैभन्दा खतरानाक भूकम्पमध्ये एक यस भूकम्पले त्यो दिन जापानको पश्चिमी ओसाकाका डरलाग्दा विनाश गरेको थियो ।
यहाँ भूकम्पले विनाश मच्चाएको एउटा भिडियो अहिले यु ट्यूबाट धेरै चर्चित भइरहेको छ । सन् २०१४ मा पोस्ट गरिएको यो भिडियो विश्वभर भूकम्प जाने क्रम बढेसँगै भाइरल बन्दै गएको छ ।
एकाबिहानै जब सारा शहर सुतिरहेको थियो तब पृथ्वी हल्लाउँदै आएको यो भूकम्पले सबथोक तहसनहस बनाएको थियो ।
समाचार अनुसार यो प्राकृतिक विपत्तिमा कम्तिमा ६ हजार ४ सय ३४ मानिस मारिएका थिए । यो भूकम्पमा करिब ४० हजार मानिस घाइते भएका थिए । यो भूकम्पले करिब ६ लाख ४० हजार घर ध्वस्त भएका थिए ।
No comments:
Post a Comment