Saturday, 16 April 2016

धेरै नुहाउनु स्वस्थ्यका लागि खतरा

गर्मी महिना लागे सँगै हामी मा धेरै नुहाउने वानी छ । हामी गर्मी भएर पसिना वग्यो कि विकल्पको रुपमा सम्भव भए सम्म नुहाउँने रोज्दछौँ । धेरै बेर लगाएर नुहाउने बानी छ भने आजै देखि छोड्नुस् । यो बानीले घरमा झगडा त निम्त्याउँ निम्त्याउँछ यसले तपाइँको स्वास्थ्यमा पनि खराव गर्ने एक अध्यनले देखाएको छ ।

मेन्स हेल्थ नामक वेवसाइटमा प्रकाशित अध्यन अनुसार लामो समय सम्म नुहाउने बानी खराव भएको र यसले त्वचामा समस्या ल्याउने उल्लेख छ । अझ तातो पानीले त धेरै बेर नुहाउनु नै हुँदैन । १० मिनेट भन्दा बढी तातो पानीले नुहाउँदा त्वचामा गम्भिर समस्या देखिन सक्ने यो अध्यनको निष्कर्ष छ ।

अमेरिकाको म्यानहटन चिकित्सक डा नील शल्जले आफ्नो शोधमा मन तातो पानीले धेरै बेर नुहाउँदा छालामा असर गर्ने बताए । यसले छालामा अन्य समस्या समेत निम्त्याउने उनको भनाइ छ ।
यद्यपी चिसो पानीले नुहाउँदा भने छालामा कुनै असर नपर्ने उनले बताए ।

जाडो मौषममा तातो पानीले नुहाउने र धेरै बेर सम्म नुहाउनेहरुलाई छालाका अनेक समस्या आउने यो शोधको निष्कर्ष छ । तातो पानीले नुहाउँदा छालामा रहेका मसिना छिद्र खुल्ने र त्यसबाट साबुन छाला भित्र जाने बताइएको छ । यसले छालामा विभिन्न समस्या पैदा गर्छ ।

No comments:

Post a Comment