Saturday, 16 April 2016

नामिवियाविरुद्ध नेपालको सानदार जीत

काठमाडौँः आइसिसी विश्व क्रिकेट लिग अन्तर्गग कीर्तिपुरमा भएको खेलमा नेपालले नामिवियामाथि पाँच विकेटको सानदार जीत निकालेको छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल पाँच विकेटले विजयी भयो ।

नेपालको जीतका लागि विनोद भण्डारीका तीन छक्का, पारस खड्काले दुई छक्का महत्वपूर्ण रहे । सुरु ओभरमा कमजोर देखिएको नेपाल विनोद भण्डारी व्याटिङमा आएपछि चम्किएका थिए ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा १२ औं ओभरमा नेपालले पहिलो विकेट गुमायो । ४० बलमा २१ रन बनाएर ज्ञानेन्द्र मल्ल आउट भए । ओपनर ब्याट्सम्यान नरेश बुढाएर चौधौंं ओभरमाआउट भए । बुढाएर ३० बलमा १६ रन बनाएर आउट भए ।

त्यस्तै, नेपाली टिमका कप्तान पारस खड्का २१.३ ओभरमा आउट भएका छन्  । पारसले ३२ बलमा दुई छक्का र एक छक्का हान्दै २१ रन बनाएर आउट भए ।
राजु रिजाल १० बलमा ६ रन बनाउदै क्याट आउट भएका छन् । रिजाल आउट भएसँगै नेपालले चौथो विकेट गुमाएको छ । रिजाल २४ ओभरमा क्याट आउट भएका हुन् ।
नेपालको पाँच विकेटको रुपमा राजेश पुलामी आउट भए । २२ बल खेलेका पुलामीले १ चौकाको मद्दतले ९ रन बनाए ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिवियाले पूरै ५० ओभरमा खेल्दै ९ विकेटको क्षतिमा नेपाललाई एक सय ९५ रनको चुनौती दिएको थियो।
नेपाल र नामिवियाको दोस्रो खेल वैशाख ६ गते त्रिवी मैदानमै हुँदै छ ।

यसअघिका चार खेल हारेकाले नेपाललाई शनिबारको खेल जित्नै पर्ने दबाब थियो । ८ टोली सहभागी प्रतियोगिताको शीर्ष चारमा रहने टोलीले विश्वकप छनौट खेल्न पाउने छन् ।

No comments:

Post a Comment