उनले आफ्ना ससुरा तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र उनको परिवारसँग जोडेर ‘निरन्तररुपमा अभियानात्मक ढंगले भ्रमपूर्ण प्रचार गरिनु’ले आफूले दुःखीत तुल्याएको भनेका छन् ।
यस्तो छ जेकेन्द्रको विज्ञप्तिः
प्रेस विज्ञप्ति
नयाँ शक्ति विद्यार्थी यूनियन, केन्द्रीय सम्मेलन आयोजक समितिको बैठकको विषयलाई लिएर मेरो नाम जोड्दै केही सञ्चार माध्यमहरुले गरेको अफवाहपूर्ण प्रचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र वहाँको परिवारसँग जोडेर निरन्तररुपमा अभियानात्मक ढंगले भ्रमपूर्ण प्रचार गरिनुले मलाई दुःखीत तुल्याएको छ । यस्ता अनर्गल प्रचारले सर्वसाधारणमा भ्रम पर्न सक्ने भएकोले यो विज्ञप्ति जारी गरेको छु ।
पछिल्लोपटक नयाँ शक्ति निकट विद्यार्थीको बैठकमा ‘जेकेन्द्रले हातपात गरेको’ भन्ने आशयको समाचार आफैंमा कपोलकल्पित, भ्रामक र बदनियतपूर्ण छ । पत्रकारिताको न्यूनतम मूल्य, मान्यता र आचारसंहितालाई समेत ठाडो उल्लंघन गर्ने यस्तो अभ्यासले न त स्वतन्त्र पत्रकारिताप्रतिको सम्मान बढ्छ न त लोकतन्त्रलाई नै बलियो बनाउँछ ।
नियोजितरुपमा सिर्जना गरिने अतिरञ्जना र समाचार फरक–फरक कुरा हुन् भन्ने सामान्य ज्ञानको पनि ख्याल नगर्नु पत्रकारिताप्रतिको जनविश्वासलाई कमजोर बनाउनु हो ।
कसैको विषयमा समाचार बनाउँदा सम्बन्धित व्यक्ति वा निकायसँग प्रतिक्रिया लिने पत्रकारिताको सामान्य अभ्यासलाई पनि लत्याएर चरित्र हत्या गरिनुले प्रेस जगतलाई नै बदनाम गराउने काम गर्दछ ।
म यस्ता भ्रमपूर्ण समाचारको खेती गर्दै सर्वसाधारणलाई भ्रमित नतुल्याउन अनुरोध गर्दछु र आम जनसमुदायलाई यस्ता अफवाहपूर्ण प्रचारप्रसारबाट भ्रमित नहुन विनम्र अनुरोध गर्दछु ।
१४ वैशाख, २०७३
जेकेन्द्र श्रेष्ठ
केन्द्रीय परिषद् सदस्य, नयाँ शक्ति नेपाल
No comments:
Post a Comment