गोरखा १९ बैशाख । बाँदरले दुस्ख दिन थालेपछि केरौँजाका किसानले मकै नभित्र्याउने वेलासम्मका लागि तलब दिएर बाादर धपाउन मान्छे राखेका छन्। केरौँजा–५ र ६ का किसानले मासिक २५ हजारका दरले तलब दिने गरी चारजना हेरालो राखेका हुन्।आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
मकै जोगाउन मान्छे राखिएको केरौँजा–६ रुन्चेतका गोपाल घलेले बताए। ‘भूकम्प गएकाले पोहोर खेती लगाएनौँ। राहतका भरमा एक वर्ष कट्यो। सधैँ त राहत पाइँदैन होला। यसपटक पनि मकै लगाइएन भने के खाने रु’ घलेले भने, ‘यसपालि बारीमा मकै लगाएका छौँ। बाँदरले सखाप बनाउने भएकाले बाली जोगाउन हेरालो राखेका हौँ।’
जेठदेखि भदौसम्म हेरालो
जेठबाट भदौसम्मका लागि हेरालो राखिएको घलेले बताए। बारी टाढा भएको र यो समयमा गाउँमा मान्छे पनि कम हुन भएकाले हेरालो राखिएको उनको भनाइ छ। ‘घरबाट दुई–तीन घन्टा हिँडेर बारीमा जानुपर्छ,’ उनले भने, ‘फेरि यो सिजनमा हामी यार्सा संकलन गर्न जान्छौँ। मकै कुरेर बस्ने मान्छे पनि हुँदैन।’यस क्षेत्रका अधिकांश बासिन्दा यार्सा संकलनका लागि मनाङ, मुस्ताङ तथा गोर्खाकै हिमाली क्षेत्रमा जाने गर्छन्। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
हेरालो राख्ने गाउँ भेलाको निर्णय
मकै बाली जोगाउन हेरालो राखिएको यसपालि मात्रै होइन। ‘बाजेको पालादेखि नै हो रातो बाँदरले दुस्ख दिन थालेको,’ घलेले भने, ‘अघिका वर्षमा दुईदेखि चारजनासम्म कुरुवा राख्थ्यौँ।’ अघिल्ला वर्षमा हेरालोलाई प्रत्येक घरधुरीले एक डोको मकै दिने चलन थियो। तर, यसपालि नगद नै दिएर हेरालो राख्ने गाउँ भेलाको निर्णय छ।
दुवै वडाको गाउँ भेलाले बाँदर हेरालोलाई तलब दिन प्रत्येक घरधुरीबाट एक हजार पाँच सय संकलन गर्ने निर्णय गरेको छ । दुई वडामा दुई सय ५० घर धुरी छन्।
Saturday, 30 April 2016
बाँदर धपाउनेको तलब मासिक २५ हजार
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment