Wednesday, 27 April 2016

मैदानमै दोस्रो पटक जिदानको पाइन्ट च्यातिएपछि..

म्यानचेस्टर – च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलअन्तर्गत पहिले लेगमा म्यानचेस्टर सिटीसँग रियालले उसैको घरेलु मैदानमा गोलरहित बराबरी खेल्यो । यस बराबरीपछि रियाल आफ्नो घरमा सिटीलाई हराउँदै फाइनल यात्रा तय गर्ने दाउमा छ ।
खेलमा रियालले अन्त्यतिर उत्कृष्ट खेल्दै सिटीलाई उसैको मैदानमा दबाब दिएको थियो । रियाललाई पछिल्लो समय उत्कृष्ट लयमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने प्रशिक्षक जिदान टचलाईन बाहिर टोलीलाई हतार हतारमा निर्देशन दिइरहेको अवस्थामा देखिन्थे ।
टोलीलाई त्यसरी हतारमा निर्देशन दिने क्रममा जिदानको पाइन्ट नै च्यातिएपछि अहिले समाजिक सञ्जालमा उनको फोटो भाइरल बनेको छ । यसअघि वुल्फसवर्गबिरुद्धको खेलमा पनि जिदानको पाइन्ट यसरी नै च्यातिएको थियो ।
टचलाईनमा सिटीका प्रशिक्षक म्यानुयल पेलिग्रिनी भने शान्त देखिन्थे । तर, भर्खरै रियालको जिम्मेवारी सम्हालेका जिदान केही हतारोमा थिए । रियाल म्याडिड खेलमा क्रिष्टियानो रोनाल्डो बिना नै उत्रिएको थियो । त्यस्तै अर्का स्टार स्टाइकर करिम बेन्जामाले पनि पुरै समय खेल्न पाएनन् ।ratopati

No comments:

Post a Comment