काठमाडौं, १५ वैशाख । प्रधान सेनापति राजेन्द्र क्षेत्री अमेरिकामा सम्मानित भएका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालय हेर्ने सहायक रथी एवं नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीका अनुसार प्रधान सेनापति क्षेत्रीलाई मंगलबार अमेरिकाको लुईस एण्ड कर्लाक सेन्टरको इसेनहोउइर अडिटोरियममा आयोजित इन्टरनेशनल हल अफ फेम इन्डक्सन सेरेमोनीमा सम्मान गरिएको हो ।
९२ राष्ट्रका १३०० सैनिक अधिकृतहरु सहभागी उक्त कार्यक्रममा क्षेत्रीको तस्वीर राखेर सम्मान गरिएको थियो । क्षेत्रीले अमेरिकाको यूएस आर्मी कमाण्ड एण्ड जनरल स्टाफ कलेज फोर्ट लिभनओर्थ कन्सासमा तालिम गरेका थिए ।
अमेरिकी सेनाको उक्त शिक्षण संस्थाले त्यहांबाट तालिम सम्पन्न गरी उच्च ओहोदामा पुग्न सफल भएका शिक्षार्थीहरुलाई यस्तो सम्मान दिने प्रावधान अनुसार प्रधान सेनापति क्षेत्रीलाई सो सम्मान दिएको हो । हालसम्म उक्त इन्टरनेशनल हल अफ फेममा विभिन्न राष्ट्रका गरी २६२ जना सम्मानित भईसकेको र सो मध्ये प्रधानसेनापति क्षत्री २६१ औं सदस्यको रुपमा सम्मानित भएको प्रवक्ता कार्कीले बताए ।
सम्मानित भएपछि प्रधानसेनापति क्षेत्रीले आफूलाई प्रदान गरेको सम्मानप्रति सम्बोधन गर्दै उक्त शिक्षण संस्था, यूएस आर्मी तथा अमेरिकी सरकारप्रति कृतज्ञता तथा धन्यवाद ज्ञापन गरेका थिए ।
सोही अवसरमा उनले इन्टरनेशनल हल अफ फेमको निरीक्षण भ्रमण समेत गरेका थिए ।
- दैनिक नेपाल डट कम
Wednesday, 27 April 2016
प्रधानसेनापति क्षेत्री अमेरिकामा सम्मानित, ९२ देशका सैनिक अधिकृतले गरे प्रशंसा
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment