Monday, 18 April 2016

खाली पेटमा कहिलै पनि नखानुस् यी ७ खानेकुरा

सास (टिप्स): खाली पेट केहि चिज खानाले स्वास्थ्यमा नकारात्मक असर पर्छ । यस्तो खानेकुरा खाँदा स्वस्थ मानिसलाई पेट दुख्ने, टाउको दुख्ने तथा बिभिन्न समस्या एक्कासी आउन सक्ने हुँदा यस्ता खाने कुराहरु खाली पेटमा नखानु राम्रो हुन्छ । तल पढ्नुहोस् कुन-कुन खाने कुरा खाली पेटमा खान हुन्न ?
१. शुन्तला Image
शुन्तलामा अर्गेनिक एसिडको मात्र हुन्छ । खाली पेटमा यसैपनि एसिडको मात्र बढी हुने हुँदा यस्तो अवस्थामा शुल्तला खानु स्वास्थ्यका लागि राम्रो हुन्न । यदी खाली पेटमा शुन्तला खाँदा पेट वा छाति दुख्ने समस्या हुन्छ ।
२. सक्खरखण्ड
सक्खरखण्डमा टेनिन र पेक्सटिन हुन्छ । जो खाली पेटमा पच्दैन । खाली पेटमा सक्खरखण्ड खानाले पाचन प्रक्रियाले काम गर्दैन । जसको कारण छाती दुख्ने समस्या हुनसक्छ ।
३. चिया
चियामा पनि एसिडको मात्रा बढी हुन्छ । खालि पेटमा चिया पिउँदा पेट दुख्नेतथा खतरनाक अल्सर समेत हुने सम्भावना हुन्छ । साथै ग्यास्टिकको समस्या हुन्छ ।
४. केरा
करामा म्याग्नेशियम बढी पाइन्छ । केरा खाली पेटमा खानाले सरिरमा क्याल्सीयम र म्याग्नेसियमको ब्यालेन्स बिग्रन गई समस्या उत्पन्न गराउँछ । यसकै कारण छाती दुख्ने तथा डाईजेशन खराब हुने सम्भावना हुन्छ ।
५. दुध
यसमा हुने सेचुरेटेड फ्याट र प्रोटिनले पेटको मांशपेसीलाई कम्जोर बनाउँछ । यसको कारण डाइजेस्टिभ सिस्टममा असर पर्छ साथै घांटीमा कफ हुने सम्भावना हुन्छ ।
६. खरबुजा
यसमा भिटामिन, आइरन, म्याग्नेसियम र पोटासियम को मात्रा धेरै हुन्छ । खाली पेटमा यो खाँदा एसिडीटि हुन्छ ।
७. चिनी
खाली पेटमा खान नहुने अर्को कुरा हो चिनी वा सक्खर वा अन्य कुनै पनि गुलियो खाने कुरा । यो खाली पेटमा खाँदा शुगरको लेवल बढ्न गई शरीरमा समस्या उत्पन्न हुन्छ । जसको कारण आँखा सम्बन्धि समस्या हुन्छ ।

No comments:

Post a Comment