Monday, 18 April 2016

नामिबियासँग खेलिरहँदा नेपाललाई आईसीसीले दियो कडा चेतावनी

लागि धेरै समय कुर्न नसकिने बताएको छ ।
आइसीसीका विकास निर्देशक टिम एन्डरसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निकट भविश्यमा क्रिकेटमा देखिएको विवाद समाधान भएको हेर्न चाहेको बताए ।

‘हामी नेपालमा देखिएको क्रिकेट क्रेजप्रति सकारात्मक छौं, तर यसो भन्दैमा विवादको विषयमा धेरै समय धैर्य गर्न सक्दैनौं’ उनले भने । एन्डरसन विश्व क्रिकेट लिग अन्तर्गत नेपाल र नामिबियाको खेलका लागि आएका हुन् ।

नेपाली क्रिकेटमा विवाद देखिएपछि विश्व क्रिकेट लिग आइसीसीको आयोजनामा भएको हो ।
एन्डरसनले विवाद लम्बिरहे नेपाल क्रिकेट संघलाई प्रतिवन्ध लगाउनेसमेत संकेत गरे । अमेरिकाको क्रिकेट संघलाई प्रतिवन्ध लगाउको उदाहारण दिँदै उनले क्यानलाई प्रतिबन्ध लगाएमा खेलाडीहरुले आइसीसीको छातामुनि खेल्न पाउने स्पस्ट पारे । नयाँ पत्रिकामा खबर छ ।

No comments:

Post a Comment