भूकम्पलगत्तै घरबारविहीन नेपालीलाई सहयोग पुर्याउन मित्रराष्ट्र बंगलादेशले ७८ लाख किलो चामल उपलब्ध गरायो। तर, आपत्का वेला छिमेकीले दिएको चामलसमेत
जनतालाई बााड्न नसकेर सरकारले खाद्य संस्थानको तीनवटा गोदाममा थन्क्याइराखेको छ।
त्यसैगरी चीनले पनि एक लाख किलो चामल दिएको थियो। त्यो चामल पनि खाद्य संस्थानको काठमाडौंको गोदाममा छ।
भूकम्पपीडित भोकै रहादा पनि सरकार चामल कहिले कुहिएला भनेर पर्खिरहेको देखिन्छ। अन्तर्राष्ट्रिय सहयोगको चामल वितरण नगरी राख्दा कुहिएपछि
विश्व खाद्य कार्यक्रमले पनि खाल्डो खनेर पुर्दै आएको छ। विश्व खाद्य कार्यक्रमले मंगलबार मात्रै सिन्धुपाल्चोकको इर्खुमा एक लाख ६० हजार किलो कुहिएको चामल खाल्डो खनेर पुरेको थियो। नयाँ पत्रिका दैनिकमा समाचार छ।
Thursday, 28 April 2016
आपतकालमा चीन र बंगलादेशले दिएको चामल कुहिने प्रतीक्षामा सरकार
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment