झापा, १७ वैशाख । ‘त्यही प्रहरी आएर हामीसँग यौन सम्पर्क गर्छ, त्यही प्रहरीले समाएर लान्छ अनि कुरो मिलेपछि त्यही प्रहरीले छाडिदिन्छ’, एक युवतीले आफ्नो पीडा टुंग्याउन नपाउँदै अर्कीले भनिन्, ‘थाकेका हुन्छौं, गलेका हुन्छौं तर प्रहरीले चाहेको बेलामा उनीहरुको ओछ्यान तताएनौ भने पक्राउ गर्छन् । हामी धेरै प्रहरीबाटै शोषणमा परेका छौं ।’
बिर्तामोडस्थित एक होटलमा यौन व्यवसाय गरिरहेकी युवतीले यसरी सामूहिक पीडा सुनाउँदा अनुहारमा निकै पीडा थियो । पेट पाल्न शरीर बेच्न बाध्य भएका उनीहरु प्रहरीबाट थप पीडित बन्नुपरेको व्यथा पोखिरहेका थिए । राजधानी दैनिकले समाचार छापेको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरीले आफूहरुप्रति यौन हिंसा र जबर्जस्ती गर्ने गरेको व्यथा सुनाउँदै देह व्यापारमा संलग्न चार युवतीले एकै साथ भने, ‘हामी हाम्रो इज्जत बेचेरै पैसा कमाउँदै छौं, हामीलाई प्रहरीले हरेक दिनजसो धम्काएर शारीरिक सम्पर्क गर्न त मिल्दैन नि ?’
भूकम्पपछि गोर्खामा रहेको आफ्नो घर भत्काइदिएपछि बिल्लीबाठ बनेपछि परिवार पाल्ना बिमला शिवाकोटी (नाम परिवर्तन)देश व्यापारमा लागेकी थिइन् ।
ुइलाका प्रहरी कार्यालय बिर्तामोडका एक प्रहरीले केही दिनअघि रात बिताएर फर्किए । रात बिताए लगत्तै उनीसहित एक टोली होटलमै छापा मार्न आयो, मसहित केहीलार्इ समातेर थुन्यो, केही घन्टापछि छाडिदियो’, उनले भनिनन्, ‘लगत्तै त्यही प्रहरीले हाकिमलार्इ भनुसुन गरेर छुटाएको भन्दै फेरि हामीसँग आएर चाहेको बेला सुत्न थाले ।’
उनले पटक पटक प्रहरीले चाहेको बेला यौन सम्पर्क गर्न दिनुपर्ने पीडामा रहेको बताइन् ।दैनिक नेपाल बात
Thursday, 28 April 2016
प्रहरीले यसरी गर्छन् पटक–पटक यौनसम्पर्क
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment