Thursday, 28 April 2016

सबै नेपाली सुतेका बेला यसरी आयो मध्यरातमा अमेरिकी दबाब

सुर्खेत, १७ वैशाख । सुर्खेतको आकाशमा अनुमतिबिना ड्रोन क्यामेरा उडाएपछि पक्राउ परेकी अमेरिकी नागरिक म्यागी डोयनलाई प्रहरीले मध्यरातमा छोडिदिएको छ ।

बुधवार वीरेन्द्रनगरको आकाशमा ड्रोन क्यामेरा उडाएर सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्रको फोटो लिएको आरोपमा पक्राउ परेकी उनलाई केन्द्रको दबाब थेग्न नसकेपछि सुर्खेत प्रहरीले मध्यरातमा नै छाडेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

वीरेन्द्रनगरको आकाशमा अनुमतिबिना ड्रोन उडाएपछि प्रहरीले सीएनएन हिरोसमेत रहेकी म्यागी र उनका सहयोगी क्यानडाका नागरिक २५ वर्षीय जेर्मी रेज्मिबललाई बुधवार बेलुका काँक्रेबिहारको जंगलबाट पक्राउ गरेको थियो ।

ड्रोन क्यामेरा उडाउँदै गर्दा पक्राउ परेका उनीहरुमध्ये अमेरिकी नागरिक म्यागीलाई मध्यरातमा नै छोडिएको छ ।

म्यागी सीएनएन हीरो भएइको र उनलाई निन्त्रणमा राखेर कारबाही गर्दा गलत सन्देश जाने भन्दै प्रहरीले बिहीवार राति नै छोडिदिएको छ ।
प्रहरी स्रोतका अनुसार केन्द्रबाट निकै दबाब आएपछि म्यागीलाई राति नै छाड्न सुर्खेत प्रहरी बाध्य भएको थियो ।
दैनिक नेपाल  बात

No comments:

Post a Comment