बैशाख ७
वर्ष दिन टेक्न लाग्यो , त्यो कठोर प्राकृतिक लीलाको । कुनै न कुनै विपत्तिको सजायको कठघरामा उभिदै आएकामाथि त्यसबेला परेको विपत्तिले नेपालीलाई मात्र रुवाएन , पूरै विश्वलाई संवेदनशील बनायो । त्यही विपत्तिको बज्र कति क्रुर रहेछ , अझै पनि त्यसका असरहरु सडकदेखि रित्तो जमिनमा सहारा लिइरहेका हजारौ नेपालीले भोगिरहेका छन् ।
गत बर्षको बैशाख १२ गतेको महाविनाशकारी भूकम्पका कारण हजारौं मानिसहरुको चिहिलविहील भयो । तत्काल राहत र पुर्नस्थापनाका लागि धेरै पहल र उद्घोषहरु भए । तर भने जस्तै व्यवहारमा कुनै पनि घोषणाहरु कार्यान्वयन नहुँदा अझै पनि भूकम्प पीडितहरु राहतको मार्ग तर्फ आँखा ओछ्याउन विवश छन् ।
यी एक यस्ती बालिका हुन जसको जीवनमा बैशाख १२ गतेको भूकम्पले भयावह परिवर्तन नै ल्याइदियो । सिन्धुपाल्चोक घर भएका फुडोमा शेर्पा नामकी यी बालिका अहिले दैनिक छाक टार्नका लागि सडकमा चामल माग्दै हिडन बाध्य छिन् । फुडोमा यस दृश्यमा आएकी प्रतिनिधि पात्र मात्र हुन । यस्ता हजारौं फुडोमाहरु भूकम्पले भत्काएको मनलाई गाँठो पार्दै धेरै ठाउँमा भेटिन्छन ।
भूकम्पले घरबारविहीन भएपछि सिन्धुपाल्चोकबाट राजधानी आएका उनीसँगै अनेकौँ परिवारहरुको जीवन लथालिंग बनेको छ यतिखेर । बेलाबेलामा बिदेशी दाताहरुले दिएको दुईतीन बोरा चामलको भरमा नै ३ सय भन्दा बढी परिवारले छाक टार्नुपरेको भुकम्प पीडित महिला हस्तमाया लिम्बुको गुनासो छ ।
यता दिव्यज्योति महिला संघका अध्यक्ष याङजी शेर्पा पनि भूकम्प गएको एकबर्ष बित्नै लाग्दापनि सरकारले भुकम्प पीडितहरुका लागि केहि नगरेको गुनासो गर्छिन ।
सरकार पुनर्निर्माण र पुर्नस्थापनाको लागि कसिएको छ । देखिने गरी केही काम पनि भएको छ । तर पीडितहरुका आँतमा मल्हम लगाउनका लागि भने अझै गर्न धेरै बाँकी छ । वर्खा नलागोस सरकार – यो करुणा हो पीडितहरुको ।
- News24Nepal.com
Tuesday, 19 April 2016
भूकम्प पीडितहरु अझै पनि सडकमा सहारा खोज्दै-कलिला हातहरु भिख माग्दै
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment