Tuesday, 19 April 2016

आयो विश्व नै ध्वस्त हुनसक्ने अशुभ खबर

एजेन्सी– केही खगोलशास्त्रीले यस वर्षको अंग्रेजी पात्रो अनुसार अप्रिल २० देखि जुन २६ सम्मको समयलाई संसारभरी नै अनिष्टकारी समयको संज्ञा दिएका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएअनुसार जुलाई २८ सम्म आकाश मण्डलमा गुरु चाण्डलको योग रहेको छ । २० अप्रिलदेखि ६ वटा ग्रहको गति उल्टो हनेछ ।

जसका कारण शनी र मंगल ग्रह बक्र दिशामा चल्नेछन् र संसारभर अनिष्ट हुनसक्ने छ ।
समाचारमा जनाइएअनुसार यसबीचको ६८ दिनमा संसारमा कुनै प्राकृतिक विपत्तिको घटना हुन सक्नेछ । यसरी विपत्तिका रुपमा सुनामी, भूकम्प, बाढीपहिरो आदी आउन सक्नेछ ।

यसअघि पनि पृथ्वी नै ध्वस्त हुने, रातदिन अध्यारो हुने लगायतका दाबी गरिएता पनि ती दाबी सत्यसावित हुन सकेका छैनन् ।Kathmandutoday

No comments:

Post a Comment