३० चैत, काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र साहले देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको बताएका छन् । नववर्ष २०७३ को अवसरमा दिएको शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, “स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बूझेर मात्र परधर्म बुझौं यहि मेरो शुभकामना”।
ज्ञानेन्द्रको सन्देशमा हिन्दु राष्ट्र खारेजी देखि अन्तराष्ट्रिय हस्तक्षेपको घुमाउरो विरोध गरिएको छ ।
राष्ट्रियता कमजोर भएको उल्लेख गर्दै ज्ञानेन्द्रले भनेका छन्, “त्यसैले स्वदेशको माटोमा दह्रोसंग खूटृा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमुख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ ।”
पूर्वराजाको शुभकामना विज्ञप्तिः
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट नव वर्ष २०७३ को उपलक्ष्यमा बक्सेको शूभकामना ।
नेपाली दिदीबहीनी तथा दाजूभाइहरु,
द्दण्ठद्द लाई विदाई गरेर हामी विक्रम सम्वत् २०७३ मा आईपूगेका छौ । नववर्षको शूभागमनको उपलक्ष्यमा म देश विदेशमा रहेवसेका समस्त नेपालीहरुमा सूख, शान्ति, समुन्नतिको लागि कामना गर्दछु ।
विक्रम सम्वत्ले मिती, तिथी र नेपाली संस्कृतिलाई जाडेको हुन्छ । हाम्रा राष्ट्रिय मान्यताहरु (धर्म, संस्कृति, भाषा, इतिहास र सभ्यता) विपरित प्रहार भइरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सुम्पिएको धरोहरहरु आफ्ना सन्ततीलाई कसरी हस्तान्तरण गर्न सक्छौ भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दै छ ।
त्यसका लागि दक्षिण एसियाको भुराजनीतिक सम्वेदनशिलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी छ । हामी को थियौं, कहां थियौं, अहिले कुन स्थितिमा छांै, देश कता जाँदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सहि मार्ग चित्र के हुनुपर्दछ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ अनि क–कसको कस्तो अर्गेल्याइँछ भन्ने विषयलाई वर्तमान अवस्थामा सवैले बुझिसकेका छन् । राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दूरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको छ ।
राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भैसकेको छ । त्यसैले स्वदेशको माटोमा दह्रोसंग खूटृा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमुख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ ।
आफ्नो भाषा, इतिहास र धर्म संस्कृतीहरु देशका आधार हुन् भन्ने विषयलाई मनन् गर्दै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बूझेर मात्र परधर्म बुझौं यहि मेरो शुभकामना ।
श्री पशुपतीनाथले हामी सबैको कल्याण गरुन ।
जय नेपाल ।nepaliheadlines
No comments:
Post a Comment