खोटाङ । ( फाइल तस्विर ) दिक्तेलबाट यात्रु लिएर काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस अर्खौलेको बर्खेटारमा दुर्घटना भएको छ ।
बा२ख ६३७६ नम्बरको यात्रुबाहक बस आज बिहान करिब साढे आठ बजे दुर्घटना भएको हो । साँघुरो बाटो रहेको बर्खेटारमा सडकबाट करिब ५०० मिटर तल बस खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सडकबाट झरेको बस माथिबाट हेर्दा नदेखिने ठाउँमा पुगेको स्थानीयले बताएका छन् । बसमा सवार अधिकांश यात्रुको बाच्ने आशा कमै रहेको स्थानीयले बताएका छन् । दिक्तेलबाट २८ जना यात्रु लिएर काठमाडौँ हिँडेको बसमा बीच बाटामा यात्रु चढेपछि करिब ४० जना यात्रु सवार रहेको जनाइएको छ ।
घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब चार घन्टा पैदलयात्राको दुरीमा रहेको छ ।
उद्धारका लागि टोली लिएर घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त ठाउँमा यसअघि पनि पटकपटक दुर्घटना हुने गरेको थियो ।
No comments:
Post a Comment