काठमाडौँः आईसीसी वर्ल्ड डिभिजन लिग अन्तर्गत आजको खेलमा नामिवियाले नेपाल विरुद्ध ब्याटिङ गरिरहेको छ। टस जितेर ब्याटिङ रोजेको नामिवियालाई नेपाली खेलाडीहरुले कडा फिल्डिङ गरिहेका छन्।
कीर्तिपुर क्रिकेट मैदानमा नेपाली दर्शकहरु नेपाली झन्डा बोकेर नेपालको पक्षमा हुटिङ गरिहरेका छन्।
सोमपाल कामीले दुई विकेट लिए
नामिवियाको पहिलो विकेट नेपाली क्रिकेटर सोमपाल कामीले लिए । कामीले दुई ओभरमा पहिलो विकेट लिए । कामीले सात ओभेरमै दोस्रो विकेट झारेर नामिवियालाई स्तब्ध बनाए ।
उनले पहिलो विकेट नामिवियाका कप्तान स्टीफन बार्डलाई एलबिडब्ल्यू आउट गराएका थिए । वार्डले ८ बलमा चार चौकाको मद्धतमा १८ रन बनाएर आउट भए ।
तेस्रो विकेट सन्दिप लामिछाने
नेपालका लागि सन्दिप लामिछानेले तेस्रो विकेट लिए । नामिवियाका पिक्की या फ्रान्सलाई आउट गराउदै सन्दिपले तेस्रो विकेट लिएका हुन् ।
चौथो विकेट वसन्त
नेपालका लागि वसन्त रेग्मीले चौथो विकट लिए । २२ औँ ओभरको अन्तिम बलमा नामेवियाले चौथो विकेट गुमाएको हो । वसन्तले चार ओभरमा २ रन दिएर एक विकेट लिएका हुन् । उनले नामिबियाका गेरी साइमनलाई एलबिडब्ल्यू आउट गराएका हुन् ।
पाँचौँ विकेट पारस खड्का
नामिवियाको पाँचौँ विकेट नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले लिए । पारसले २५ औँ ओभरको दोस्रो बलमा विकेट लिएका हुन् । उनले नामिवियाका जेपी कोट्जेलाई आउट गरे । पारसको बललाई सन्दिप लामिछानेले क्याच गरेका थिए ।
छैठौँ विकेट बसन्त रेग्मी
नामिवियाको छैटौँ विकेट २६ औँ ओभरमा बसन्त रेग्मीले लिए । रेग्मीको बलमा विकेट किपर राजु रिजालले नामिबियाका खेलाडीलाई स्टम्पिङ गरेका हुन् ।
No comments:
Post a Comment