नेपाल र नामिबिया बिच खेल, नेपालमाथी जित्नै पर्ने दवाब४ वैशाख, काठमाडौं।
विश्व क्रिकेट लिग च्याम्पियनशिपमा नेपाल र नामिबियाबिच आज खेल हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा खेल बिहान साढे ९ बजे सुुरु हुनेछ । प्रतियोगितामा यसअघिका चारै खेल हारेकाले नेपाली टोलीलाई यो खेल जित्नै पर्ने दवाब छ ।
८ टोली सहभागी प्रतियोगिताको शीर्ष चारमा पर्ने टोलीले विश्वकपको छनौट खेल्न पाउने भएकाले नेपालले यो सम्भावना कायमै राख्न आजको खेल जित्न आवश्यक छ । नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले नेपाली टोली जितका लागि मैदान उत्रिने बताए ।
नेपाली खेलाडीले राम्रो मेहनत गरिरहेको र होम ग्राउण्ड र नेपाली दर्शकको साथ पनि रहेकाले नेपालले जित्ने उनको दावी छ । आजको खेल हेर्न १५ हजारको हाराहारीमा दर्शक कीर्तिपुर पुग्ने अनुमान गरिएको छ ।
नेपाल र नामिबियाको अर्को खेल आउँदो सोमबार हुनेछ । प्रहरीले आजको खेलका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाएको बताएको छ । खेल हेर्न हजारौ दर्शक कीर्तिपुर पुग्ने भएकाले अप्रिय घटना हुन सक्ने संभावनालाई मध्यनजर गर्दै प्रहरीले मैदान तथा आसपासका क्षेत्रमा विशेष सुरक्षा दिने बताएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले अन्तर्रा्ष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्नुपर्ने भएकाले खेलका लागि सात सय ७३ जना प्रहरी परिचालन गर्नुका साथै दर्शकको निगरानी र सुरक्षा जाँचका लागि सिसिटिभीको व्यवस्था गरिएको जनाएको छ ।nepaliheadlines
No comments:
Post a Comment