Thursday, 28 April 2016

यसरी साकार पार्दै छन् प्रधानमन्त्रीले काठमाडौँमा मेट्रो रेल

बैशाख १६
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको २३ औं बैठकले मेट्रो रेल सञ्चालनको दिगोपनलाई सुनिश्चित गर्न काठमाडौं उपत्यकामा मेट्रो निर्माणको सम्भाव्यता अध्ययन गरी त्यस बमोजिमको प्रस्तावको विकास र कार्यान्वयन गर्न निणर्यका लागि मन्त्रिपरिषद समक्ष प्रस्ताव लैजाने निणर्यसमेत गरेको छ ।
बैठकले काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भाव्यता अध्ययनका लागि अनुमति पाएको कम्पनीलाई विस्तृत परियोजना प्रस्ताव पेस गर्न चार महिना समयावधि थप गर्न निणर्य गरेको छ ।
बोर्डले नेपालमा जियो थर्मल प्लान्टको विकास गर्नेसम्बन्धी प्रस्तावहरु लगानी बोर्ड ऐनअनुसार कार्यान्वयन गर्न तोक्ने निणर्यका लागि मन्त्रिपरिषद समक्ष प्रस्ताव पठाउने निणर्य गरेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले विकास निर्माणका काम कुनै पनि बहानामा कुनै पनि निकाय वा पदाधिकारीबाट हुने ढिलासुस्ती र रोकावट सरकारलाई स्वीकार्य हुन नसक्ने बताउनुभयो ।
- News24Nepal.com

No comments:

Post a Comment