Sunday, 10 April 2016

सभामुख घर्ती अस्पताल भर्ना

भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न आज बिहान बोलाइएको संवैधानिक परिषदको बैठक सभामुख ओनसरी घर्ती बिरामीभएपछि प्रभावित भएको छ । मंगलबारदेखि प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अवकास पाउने भएपनि वरिष्ठतम न्यायाधीश सुशीला कार्कीको सिफारिस हुन सकेको छैन ।

सभामुख घर्ती बिरामी परेपछि बैठकमा जान नसक्नुभएको उहाँका स्वकिय सचिव निशान मगरले उज्यालोलाई जानकारी दिनुभयो । सभामुख घर्ती धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना हुनुभएको छ । शनिबार राति उहाँलाई खुट्टा फर्किने, पेट दुख्ने, वान्ता हुने समस्या देखिएको मगरले जानकारी दिनुभयो । डा. डिबी कार्की नेतृत्वको चिकित्सक टोलीले सभामुखको उपचार गरिरहेको छ ।

यसअघि शनिबार बसेको बैठक प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको व्यस्तताका कारण निर्णय हुन सकेको थिए । परिषदको बैठक बेलुका ५ बजेका लागि फेरि बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजनक चेतन अधिकारीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment