Sunday, 10 April 2016

पेट्रोलिय पदार्थ कालाबजारी गर्ने ६ जना पक्राउ  प्रकाशित मिति: आइत

उदयपुर / जिल्ला प्रहरी कार्यालय उदयपुरले गाईघाट, जलजले बसपार्क लगायतका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ कालाबजारी गर्ने ६ जनालाई आईतवार पक्राउ गरेको छ ।

प्रहरीले अबैध रुपमा पेट्रोल र डिजल कालाबजारी गर्ने उनीहरुलाई पक्राउ गरेपछि स्थानीय पेट्रोल पम्पको मिलमतोमा नै कालाबजारी हुने गरेको रहस्य सार्वजनिक भएको हो ।

अबैध रुपमा खुल्लम खुल्ला पेट्रोल र डिजल बिक्रि गर्दै गरेका त्रियुगा नगरपालिका– ११ जलजले बजारका जोगेन्द्र साह, चन्द्रभुषण साह, बिहारी साह, साबित्रि साह, अनिता साह र त्रियुगा नगरपालिका–३ बसपार्कका अरबिन्द्र मिश्रलाई प्रहरीले पक्राउ गरेका हुन ।

उनीहरुको साथबाट प्रहरीले ३ सय २९ लिटर पेट्रोल र २ सय लिटर डिजल बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ओमबहादुर रानाले जानकारी दिए । प्रहरीका अनुसार चन्द्रभुषण साहले तोकिएको भन्दा बढी मुल्य तिरेर त्रियुगा नगरपालिका–१० देउरीस्थित सगरमाथा आयल डिपोबाट आफुले खरिद गरेको बयान दिएको बताएका छन । उनले आफुले पम्पबाट खरिद गरेको बिल समेत रहेको जनाए ।

पक्राउ परेका ब्यक्तिले भने स्थानीय पेट्रोल पम्पबाट तोकिएको भन्दा बढी मुल्यमा खरिद गरेर ल्याएको बताउने गरेको प्रहरीको भनाई रहेको छ । पक्राउ परेको सबैलाई अनुसंन्धान भई रहेको अनुसंन्धानपछि कालाबजारी ऐन अन्र्तगत कारबाही अगाडी बढाईने प्रहरी नायव उपरिक्षक रानाले जानकारी दिए ।

गाईघाटस्थित सगरमाथा आयल डिपो देउरी, एसके आयल स्टोर्स गाईघाट, उर्जा फ्यूल सेन्टर र रियाज आयल स्टोर्स गरि चार वटा पेट्रोल पम्प सञ्चालनमा रहेको छ । तर केही दिन यताबाट गाईघाटमा पम्पकै मिलेमतोमा पेट्रोलिय पदार्थ कृतिम अभाब सिर्जना गर्ने गरेको स्थानीयबासीको भनाई रहेको छ ।

No comments:

Post a Comment