एजेन्सी । लभ म्यारिज गर्नु यी दुलहीलाई तब महंगो पर्यो जब ससुराले घरमा घुस्न दिएनन् । त्यसपछि उनी घरबाहिर धर्ना दिएर बसिन् ।
घटना काशीपुरको गाउँ महादेवनगर ढकियाकलाको हो । यहाँका विवेक कुमारले गाउँकै एक युवतीसँग प्रेम सम्बन्धमा थिए । दुबै विहे गर्न चाहन्थे तर, उनका परिवार मानिरहेका थिएनन् ।
दुबैको जिद्दीपछि केही मानिसले सम्झौता गराएर विहेको तयारी गराए । यसबीचमा युवकका परिवारले फेरि विहे अस्वीकार गरेपछि दुलाहा र दुलहीले तोकिएको तिथिमा मन्दिरमा गएर विहे गरे ।
समाचार अनुसार परिवारको विरोधपछि दुलाहाले दुलहीलाई केही दिन माइतमै बसौ भने तर, उनी ससुराली घर जाने अडानमा रहिन् । आफ्ना परिवारका सामुन्ने डराएर दुलाहा माइत गए तर, दुलही आफ्नो ससुराली गइन् ।
जहाँ उनलाई ससुराले भित्र पस्न दिएनन् तब उनले त्यही बाहिर बसेर धर्ना दिन थालिन् । पछि उनका माइती परिवार उनलाई आफूसँग लगे ।
No comments:
Post a Comment