बच्चाहरुलाई अक्सर खाना खान खुवाउन निकै गा¥हो हुन्छ । यस्तो अवस्थामा उनीहरुले मन पराई र पौष्टिकताको सही तालमेल मिलाउनु आवश्यक हुन्छ । खानाको सही तालमेल मिलाइएन भने बच्चालाई पोषण पुग्दैन, जसबाट उनीहरुको वृद्धिसमेत प्रभावित हुने सम्भावना हुन्छ ।
क्यालोरी : ५ वर्षमाथिका बच्चाहरुका लागि खानामा पूर्ण क्यालारी आवश्यक पर्छ । जुन बच्चा बढी सक्रिय रहन्छन्, तिनीहरुलाई बढी क्यालोरी चाहिन्छ । हाइ क्यालोरीको अर्थ भुटे, तारेको खाना नभई दूध र अनाजयुक्त खाद्यपदार्थ दिनुपर्छ ।
प्रोटीन : बढ्ने उमेरका बच्चालाई प्रोटीन जरुरी हुन्छ । बच्चाको मांसपेशीको सही विकास र हड्डीको मजबुतीका लागि प्रोटीन आवश्यक हुन्छ । यसका लागि बच्चालाई पनीरयुक्त खाद्यपदार्थ, अण्डा, मासु, माछा आदि दिनुपर्छ ।
भिटामिन र मिनरल्स : बच्चाको सम्पूर्ण विकासका लागि भिटामिन र मिनरल्स भरपूर दिनुपर्छ । क्याल्सियम भरपूर मात्रामा पाइने पौष्टिक पदार्थ दिनुपर्छ । भिटामिन र आइरनका लागि बच्चालाई हरियो सागसब्जी खुवाउनुपर्छ ।
फल : फलमा भिटामिन, आइरन र अन्य पौष्टिकत्व पाइन्छ । बच्चालाई बढीभन्दा बढी फल, जुस र मौसमी फल दिनुपर्छ । बच्चालाई अंगुर, स्याउ, सुन्तला जस्ता फलको सलाद काटेर खुवाउन सकिन्छ ।
पानी र फाइबर : बच्चाको स्वास्थ्यका लागि पानीको महत्व निकै छ । यसैले पानी बढी पिउन दिनुपर्छ र सूपजस्ता तरल पदार्थको सेवन गराउनुपर्छ । यसका साथै बच्चालाई फाइबरयुक्त खाद्यपदार्थ दिनुपर्छ ।
बच्चालाई सन्तुलित आहार दिने टिप्स
– बच्चालाई सन्तुलित आहारा दिनु जरुरी हुन्छ । हरेक दिन ५ अलग अलग पौष्टिक खाद्यपदार्थ दिनुपर्छ ।
–
– बच्चालाई खुवाउन बल प्रयोग नगर्नुस्, मायाले सम्झाएर खुवाउनुस् ।
–
– बच्चाको खाना कलरफुल बनाउन सलाद, काचो फल र तरकारी काटेर दिनुहोस्, जुन उनीहरुलाई आकर्षक लागोस् ।
–
– बच्चालाई खेल्ने स्वीकृति दिनुहोस्, जसबाट उनीहरुलाई बढी भोक लागोस् । बढी खाओस् ।
–
– जंकफुडभन्दा पौष्टिक खाना खुवाउने बानी गर्नुस् ।
Friday, 13 May 2016
के खुवाउने बच्चालाई ?
Labels:
Health Tips
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment