Friday, 13 May 2016

ऐसेलु टिपेर कपी कलम किन्दै तेह्रथुम आङदिमका बालबालिका

तेह्रथुम / ऐसेलु पाक्ने समयमा टिपेर तेह्रथुम आङदिमका बालबालिकाहरु कपि कलमका किन्ने गरेका छन । बनभरी रक्तम्यै पाकेको ऐसेलु बिद्यालय छुट्टी भएको दिनमा बालबालिकाहरु भेला भएर घर नजिकैको बनमा टिपेर बेच्ने गरेको मार्गदेकी प्राबिमा कक्षा ५मा पढ्दै गरेका आङदिम ६ का ११ बर्षिया सन्दीप सेर्पाले बताउनु भयो । सेर्पा सँगै गाँउका ३ ÷४ जना बालबालिकाहरु पनी ऐसेलु टिप्ने गरेका छन ।
उनीहरुले टिपेर संकलन गरेको ऐसेलु स्थानियहरुले ५० रुपैयाँ किलोले किन्ने गरेका बालबालिकाहरुले बताउने गरेका छन । बालबालिकाहरुले ऐसेलु टिपेर संकलन गरीएकोबाट ऐसेलुको जुस निकाल्नका लागी प्रयोग गर्ने गरीएको छ । फुर्सदको समयलाई सदुपयोग गर्दै बालबालिकाहरुले कपी कलम किन्नको लागी ऐसेलु टिप्नमा समय बिताउने गरेका छन ।

No comments:

Post a Comment