जेठ ६
चितवन– विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट बिरामी किनबेच गर्ने विचौलीयाको काम गर्दै आएका १५ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा उपचारको लागी आएका बिरामीहरु बिचौलिया व्यक्तिहरुबाट पिडित हुने गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई पक्राउ गरेको हो ।
बिरामीहरुलार्ई सस्तोमा ल्याब परिक्षण गराईदिने, डाक्टर भेटाइदिने र सस्तोमा खाना उपलब्ध गराईदिने भन्दै बिरामी तथा उनका आफन्तलाई फकाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरले नियन्त्रणमा लिईएको हो ।
उनिहरुलाई दिउसो १ बजेको समयमा क्यान्सर परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त वहादुर कुँवरले जानाकारी दिए । साथै उनीहरु सबैलाई सार्वजनिक (अपराध र सजाय) ऐन २०२७ अन्तर्गत मुद्दा दर्ता गरिएको चितवन प्रहरीले जनाएको छ ।
‘बिचौलिया गरी बिरामी तथा बिरामीका आफन्तहरुलाई दुख हैरानी दिई रहेको अवस्थामा फेला पारी यस्तो काम नगर्नुहोस् भनि सम्झाई बुझाई गर्न लाग्दा यो त हाम्रो पेशा नै हो भनि विवाद झगडा गरी प्रहरीको कर्तव्य पालना गर्ने कार्यमा बाधा पु¥याउएको हुँदा निजहरुलाई पक्राउ गरी आजै केही सार्वजनिक (अपराध र सजाँय) ऐन २०२७ अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको छ’ – प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पक्राउ परेका मानिसहरु :
जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ६६ ईश्वरी प्रसाद न्यौपाने ।
जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष २४ को राजन गुने ।
जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ४५ को गंगा प्रसाद जैसी ।
जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ३० को राम प्रसाद काफ्ले ।
जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ४५ को राम प्रसाद काफ्ले ।
जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ४७ को भिम प्रसाद चापागाई ।
जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष २२ को बिकास पौडेल ।
जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष २० को प्रभात शर्मा ।
जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष २९ को सुन्दर लिम्बु ।
जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ३१ को टिकाराम लामिछाने ।
जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ३२ की शोभा लामिछाने ।
जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ४६ की बसुन्धरा अधिकारी ।
जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष २८ की एका कुमारी लामिछाने ।
जिल्ला चितवन भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष २७ की सरिता शर्मा ।
[ स्रोत: स्वास्थ्य खबरपत्रिका ]
Thursday, 19 May 2016
भरतपुर क्यान्सर अस्पतालमा बिरामी किनबेच गर्ने १५ जना पक्राउ ( नामसहित )
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment