स्याङजाको फेदीखोला–१ खड्केटारीको एक विद्यायलमा ६८ वर्षीय एक वृद्ध कक्षा १० मा अध्ययन गर्दैछन्। खडेकेटारीमा रहेको कालाभैरव उच्च माविको कक्षा १० मा दुर्गाबहादुर विक पढिरहेका छन्। स्याङजाको फेदीखोला–३ देउराली घर भएका विक कक्षा ६ बाट सो विद्यालयमा पढ्दै आएका छन्।
‘सानो उमेर छँदा परिवारको आर्थिक स्थिति कमजोर थियो,’ विकले भने, ‘त्यसैकारण पढ्ने इच्छा पूरा गर्न बुढेसकालमा स्कुल जान थालेँ।’ ६ जना सन्तानका बाबु तथा ८ जनाका हजुरबुबा बनिसेकका विकले गरिबीका कारण पढ्न नपाएको भन्दै आखाँभरि अाँशु पारे।
शिरमा ढाकाटोपी, विद्यालय पोसाक, टाइमा फुलेका दाह्री पालेका विक एक हातमा छाता र अर्को हातले लौरो टेकेर विद्यालय जाने गरेका छन्। उनी आधा घण्टाको बाटो हिँडेर विद्यालय जान्छन्। ‘बुढेसकालमा नातिनातिना उमेरकासँग कसरी पढ्न जानु भनेर सुरुमा त लाज लाग्यो,’ उनले भने, ‘जसरी पनि अक्षर नचिनी भएकै छैन भन्ने सोचेर लुरुलुरु स्कुल जान थालेँ।’
श्रीमती बितेपछि एक्लै बस्दै आएका विकको स्कुल जान थालेपछि दिनचर्या फेरिएको छ। उनी विहान चाँडै उठ्छन्। कसैले काम गर्न बोलाएका छन् भने काम गर्न छन् र हतार–हतार घर फर्केर विद्यालय जाने गरेका छन्। पढ्नलाई अन्य साथीहरूले सहयोग गर्दै आएको उनले बताए।
२०२२ सालमा स्थापना भएको यो विद्यालयमा अहिले दुई सय बढी विद्यार्थी छन्। विकलाई अन्य विद्यार्थीहरूलाई भन्दा धेरै सिकाउनुपर्ने गरेको शिक्षकले बताए। अन्य विद्यार्थीले एकपटकमै बुझे पनि उनलाई दुईपटक पढाउनु परिरहेको प्राचार्य खगेन्द्र सुवेदीले बताए।
बुढेसकालमा विद्यार्थी बन्न आइपुगेका विकलाई साथीहरूले पनि उत्साह थपेका छन्। नजानेका कुरा साथीले सिकाउँछन्। उनको लेखन क्षमता अलि कम भएका कारण सिकाउने गरेको साथी शेरबहादुर थापाले बताए।
प्लस टु सम्मको अध्ययन गर्ने इच्छा राखेका विकलाई आर्थिक स्थितिका कारण पढ्न नपाउने हो कि भन्ने चिन्ता लागेको छ। विदाको दिन मेलापात जान्छन्, केही आम्दानी गर्छन्।setopati
Thursday, 19 May 2016
६८ वर्षीय बृद्ध लौरो टेकेर स्कुल
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment