eटहरी, ३१ वैशाख । म चौधरी बाबा हुँ, मसँग वनझाँक्रीको हड्डी छ, त्यो हड्डी हेर्ने मानिसलाई दैवीशक्ति प्राप्त हुन्छ, आफूले चिताएको काम पूरा हुन्छ, धन लाभ हुन्छ, त्यसका लागि एकै रङको नौवटा गाई पूजा गरी दान गर्नुपर्छ ।
यस्तै, विभिन्न बहानाबाजी गरेर लाखौँ ठगी गर्दै हिँड्ने गरेका इटहरी उपमहानगरपालिका– १८ स्थित पकलीबाट मोहम्मद इद्रिस मियाँलाई पक्राउ गरिएको छ । वनझाँक्रीको हड्डी देखाएर शुभलाभ प्राप्तिका लागि पूजा गर्नुपर्ने र त्यसका लागि ११ किलो घ्यू तथा पूजाको सामग्री चाहिन्छ भनी ललाई फकाइर्, झुक्याई काठमाडाँै गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटी बस्ने बच्चुप्रसाद पुडासैनीसँग एक लाख ६५ हजार रुपैयाँ नगद र रु पाँच लाख रुपैयाँको चेक लिएको तथा अन्य पाँच–छजना मानिस समेतबाट करिब रु १६ लाख ७० लाख ठगी गरेको उजुरीपछि मियाँ पक्राउ परेका हुन् ।
पक्राउ परेका मियाँका साथबाट सेतो कपडाले बाँधी बाँसको सानो ढुङ्ग्रोमा राखेको वनझाँक्रीको हड्डी भनेर देखाउने गरेको पाँच इन्च लामो हड्डी र मोहम्मद इस्ताफा मियाँको नाममा काटेको किस्ट बैंकको नाममा काटेको पाँच लाख रुपैयाँको चेकसमेत बरामद भएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ । गिरोहमा संलग्न रहेका अरू मानिसको पनि खोजी भइरहेको बताइएको छ । रासस
Friday, 13 May 2016
म चौधरी बाबा हुँ, मसँग वनझाँक्रीको हड्डी छ
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment