Friday, 13 May 2016

मलाइका र सोनाक्षी काठमाडौं आइपुगे, सोल्टी होटलमा रिहर्सल गर्दै

बैशाख ३१
भूकम्प पीडितका लागि शनिबार काठमाडौंमा हुन लागेको एक सांस्कृतिक समारोहका लागि भारतीय अभिनेत्री सोनाक्षी सिन्हा र मलाइका अरोरा शुक्रबार काठमाडौं आइपुगेका छन् ।
अमरपंक्षी नाम दिइएको उक्त कन्सर्टका लागि बलिउड अभिनेत्री मलाइका अरोरा खाना पनि आइ पुगेकी छिन् । सोनाक्षी दिउँसो साढे २ र मलाइका बेलुका साढे आठ बजे आइपुगेका हुन् ।
यो भ्रमण दुबैजनाको पहिलो हो । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा उनीहरुलाई आयोजक र सैनिक श्रीमती संघका पदाधिकारीले स्वागत गरे । ट्वीटरमार्फत सिन्हाले शनिबार हुने समारोहमा उपस्थित हुन आग्रह गरेकी छन् ।
समारोहमा नेपाली अभिनेत्रीहरु रेखा थापा, प्रियंका कार्की, निशा अधिकारी, ऋचा शर्मा, मोडल सहाना बज्राचार्य, गायिका इन्दिरा जोशीले पनि नृत्य प्रस्तुति गर्दैछन् ।स्रोत : merocinema.com

No comments:

Post a Comment