Wednesday, 25 May 2016

कस्तो मानसिक अवस्थामा कस्तो सपना देखिन्छ ?

हाम्रा पाँच ज्ञानेन्द्रीय आँखा, कान, नाक, जिब्रो, छालाले अनुभव गरेका विषयलाई हाम्रो मस्तिष्कले जोडेर भावनात्मक, संवेदनात्मक तथा नयाँ ज्ञान सिकाइसम्बन्धी अर्थ लगाउन खोजिरहेको एक प्रक्रिया हो, सपना । ज्ञानेन्द्रीयहरूको अनुभवभन्दा बाहिर गएर सपना देख्न सकिन्न ।
जन्मजात आँखा नदेख्ने व्यक्तिले रंगसँग सम्बन्धित सपना देख्दैन भने पनि हुन्छ, किनकि उनीहरूलाई रंग भन्ने वस्तु कस्तो हुन्छ थाहा नै हुँदैन । तर, पछि दृष्टि गुमाएका व्यक्तिले भने रंगसँग सम्बन्धित सपना पनि देख्छन् ।
हाम्रा ज्ञानेन्द्रीयले पूर्वअनुभवबिना कुनै पनि नयाँ कुराको सुरुमै पूर्ण अर्थ लगाउन सक्दैनन् । ज्ञानेन्द्रीयका सबै अनुभव हाम्रो मस्तिष्कले संगालेको हुन्छ भने, मस्तिष्कको संयन्त्रले नयाँ वातावरणका र थाहा नभएका नयाँ कुरालाई पुराना अनुभवसँग दाँजेर, जोडेर, तल–माथि पारेर विपनामा पनि सपनामा पनि अर्थ

No comments:

Post a Comment